आज मिति २०७५ साल बैशाख १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ ।
| क्र.सं. | अध्यादेशको नाम |
| १. | बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ |
| २. | राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ |
| ३. | राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ |
| ४. | संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ |
(छविन्द्र पराजुली)
प्रवक्ता


