आज मिति २०७४ साल फागुन २७ गते आइतबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम सम्माननीय श्री कृष्णबहादुर महराज्यूले प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधिशज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखहरु, प्रतिनिधि सभाका माननीय सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
(हरिप्रसाद दवाडी)
प्रवक्ता