सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सभामुखज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल फागुन २७ गते आइतबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम सम्माननीय श्री कृष्णबहादुर महराज्यूले प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधिशज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखहरु, प्रतिनिधि सभाका माननीय सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 

(हरिप्रसाद दवाडी)

प्रवक्ता