अन्तर्राष्ट्रिय महिला दिवस, २०१८ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“Time is Now: Rural and Urban Activists Transforming Women’s Lives” भन्ने नाराका साथ मनाउन लागिएको १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीहरूमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवम् समृद्धिको कामना गर्दछु ।

महिलाहरुको हक अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासको लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिन्छ । पुरुष प्रधान मानसिकताबाट प्रभावित मूल्य मान्यताको कारणले शैक्षिक सामाजिक एवम् आर्थिक रुपले पुरुषको तुलनामा महिलाहरुको स्थान कमजोरै छ । अतः यस दिवसले महिलाको सर्वाङगीण विकासका साथै उनीहरुको आवश्यकताको लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्‍नु आजको आवश्यकता देखिन्छ ।

अन्तमा, महिलाका सामाजिक, राजनैतिक तथा आर्थिक सशक्तिकरणका विभिन्‍न आयामहरुमा भएका उपलब्धिहरुलाई संस्थागत गराएर महिलाहरुको हक अधिकार सुनिश्चित गराउँदै हामी सबैलाई महिलाहरुको हक, अधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्न यस दिवसले प्रेरणा दिन सकोस् भन्‍ने कामनाको साथ सबैलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७४ फागुन २४ गते बिहीबार