सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना प्रकट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७४ साल फागुन २८ गते सोमबारका दिन मित्रराष्ट्र बंगलादेशबाट काठमाडौंका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परी जीवन गुमाउनेहरुप्रति गहिरो दु:ख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै सम्माननीयज्यूले उक्त दुर्घटनामा परेका सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

 

(हरि प्रसाद दवाडी)

प्रवक्ता