सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा विश्‍व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन परिसरमा वृक्षारोपण सम्पन्न

जेठ २२ गते¸काठमाडौँ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व वातावरण दिवस (जुन ५) २०२१ को अवसरमा महाराजगञ्ज स्थित राष्ट्रपति भवन परिसरमा वृक्षारोपण गर्नुभयो । उक्त अवसरमा समी¸पारिजात¸ हर्रो¸ बर्रो¸ हलुवावेद¸ पीस फ्लावर¸ टिमुर लगायतका विभिन्न प्रजातिका वनस्पतिका बिरुवा रोपिएको थियो ।

यस वर्षको विश्‍व वातावरण दिवसको मूल संकल्प “नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनर्स्थापना” रहेको सन्दर्भमा उक्त वृक्षारोपण कार्यक्रमले राष्ट्रपति भवन परिसर तथा यस वरिपरिको प्राकृतिक वातावरण सन्तुलित तुल्याउदै हरियाली प्रवर्द्धन सहित सौन्दर्यीकरण गर्न सहयोग पुग्ने विश्‍वास गरिएको छ ।

सम्माननीय राष्ट्रपतिज्यूले विश्‍व वातावरण दिवसको अवसरमा हरेक वर्ष वृक्षारोपण गर्दै आउनु भएको छ ।