नेपाल सरकार तथा राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

त्यसैगरी, सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

सो अवसरमा माननीय गृह मन्त्री श्री बालकृष्ण खाँणज्यू, माननीय सञ्‍चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

२०७८ साल फागुन २२ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता