सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सोनाम ल्होसारको अवसरमा दिनुभएको सन्देश

सोनाम ल्होसारको शुभकामना सन्देश तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि  शुभकामना व्यक्त गर्दछु । सोनाम ल्होसार पर्व  तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ-आफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक Read More …

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री भरतराज पौडेललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र श्री शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल माघ २6 गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संघीय संसदको महासचिव पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिव्दिकोट गाउँपालिका -१, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको  छ। २०८० साल माघ २३ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

प्रतिनिधि सभाको सचिव पदबाट दिनुभएको राजिनामा स्वीकृत

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदका कार्यवाहक महासचिव श्री पद्म प्रसाद पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजिनामा सोही मितिदेखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ। २०८० साल माघ २३ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता