सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल अन्तर्राष्ट्रिय कानुन समाज  तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनमा गर्नुभएको सम्बोधन

यस सम्मेलनको उद्‍घाटन समारोहका अध्यक्ष, सम्मेलनमा सहभागी हुनुभएका विद्वान/विदुषीहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द ! नेपाल अन्तर्राष्ट्रिय कानुन समाज  तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा संयुक्त रूपमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनमा उपस्थित भई अन्तर्राष्ट्रिय कानुनका अध्येता एवं जिज्ञासुहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । नेपाल अन्तर्राष्ट्रिय कानुन समाज  तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा संयुक्त रूपमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनमा उपस्थित भई अन्तर्राष्ट्रिय कानुनका अध्येता एवं जिज्ञासुहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । साथै‚ नेपालकै विभिन्न क्षेत्रबाट यस सम्मेलनमा सहभागी हुनुभएका भएका सबै विशिष्ट व्यक्तित्वहरूलाई  न्यानो स्वागत गर्दै यस सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व बाघ दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व बाघ दिवस, २०७९ को शुभकामना सन्देश आज जुलाई २९ तारिखका दिन संसारभर  ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने सङ्कल्पका साथ विश्‍व बाघ दिवस मनाइँदै छ । यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्‍व बाघ सम्मेलनमा यसै वर्ष (सन् २०२२) भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने  प्रतिवद्धता जनाएको थियो । जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेकाले बाघ संरक्षणमा मुलुकले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको छ Read More …

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक 1. डा. दुर्गा बहादुर सुवेदी जापान 2. श्री दानबहादुर तमाङ गणतन्त्र दक्षिण अफ्रिका 3. डा. शर्मिला पराजुली (ढकाल) स्पेन 4. श्री मिलनराज तुलाधार रूसी महासंघ 5. प्रा.डा. राम स्वार्थ राय डेनमार्क २०७९ साल साउन ११ गते बुधबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विभिन्न सञ्चार माध्यमका प्रकाशक/सम्पादकहरूसँग भेटघाटको अवसरमा व्यक्त गर्नुभएको विचार

विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादक मित्रहरू, राष्ट्रपति कार्यालयमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु । विभिन्न प्रसङ्गमा तपाईंहरूसँग भेटघाट भइरहेकै भएतापनि यस्तो प्रकारको सामूहिक जमघट निकै लामो समयपछि हामीले आयोजना गर्न सकेका छौं  । विगत साढे दुई वर्षदेखि कोभिड–१९ महामारीका कारण हामीले सबैसँग एकैसाथ भेटघाट गर्न सकिरहेका थिएनौं । अझै पनि महामारी पूर्ण रूपमा उन्मुलन भइसकेको छैन । खोपको उपलब्धताका कारण भाइरसको प्रभाव विस्तारै नियन्त्रित भइरहेको हुनाले हामी सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन थालेका छौं । यद्यपि सावधानीसहित सरसफाईमा ध्यान दिनुपर्ने,  मास्कको प्रयोग गर्नुपर्ने, व्यक्तिगत दूरी कायम गर्नुपर्ने अवस्था अझ पनि सकिएको छैन । यस महामारीका कारण हाम्रो राष्ट्रिय जीवनका सबै क्षेत्रहरू Read More …

नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा; श्री मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत पदमा; प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल साउन १० गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री दानबहादुर तमाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल साउन ४ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गा बहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल साउन १ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री अग्निप्रसाद सापकोटाज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री पुष्पा भुसाल (गौतम)ज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७९ साल साउन १ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले त्रिभुवन विश्वविद्यालय‚ चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री‚ त्रिभुवन विश्वविद्यालयका उपकुलपति‚ चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन एवं अन्य पदाधिकारीहरू, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ महिला तथा सज्जनवृन्द । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजित यस स्वर्ण जयन्ती समारोहमा सहभागी भएर स्वास्थ्य शिक्षा तथा सेवामा समर्पित प्राज्ञिक व्यक्तित्व‚ डाक्टर‚ नर्स‚ स्वास्थ्यकर्मी एवं विद्यार्थीहरूसँग एक साथ उपस्थित हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस अवसरमा म यस संस्थानसँग सम्बद्ध पदाधिकारी, प्राविधिक तथा सम्पूर्ण कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु । यस अध्ययन संस्थानलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नुभएका आज सम्मानित पूर्व डिनहरूलाई बधाई दिँदै सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछु Read More …

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति 1 लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/३/३१ 2 आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१ 3 ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१ 4 राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१ 5 नेपाल सरकारको Read More …