राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. राजदूत मुलुक
1. डा. दुर्गा बहादुर सुवेदी जापान
2. श्री दानबहादुर तमाङ गणतन्त्र दक्षिण अफ्रिका
3. डा. शर्मिला पराजुली (ढकाल) स्पेन
4. श्री मिलनराज तुलाधार रूसी महासंघ
5. प्रा.डा. राम स्वार्थ राय डेनमार्क

२०७९ साल साउन ११ गते बुधबार

(सागर आचार्य)

प्रवक्ता