सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्री विन्ध्यावासिनी माध्यमिक विद्यालयको हिरक जयन्ती समापन समारोहमा गर्नुभएको सम्बोधन

गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री‚ पूर्व प्रदेश प्रमुख‚ प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू‚ पूर्व मन्त्रीहरू, गण्डकी प्रदेशसभाका पदाधिकारी तथा प्रदेश सरकारका माननीय मन्त्रीहरू‚ पोखरा महानगरपालिकाका प्रमुख तथा उप–प्रमुख, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ उपस्थित भद्रमहिला तथा सज्जनवृन्द । नेपालमा प्रजातन्त्रको स्थापना हुनुभन्दा अगाडि वि.सं. २००४ सालमा स्थापित मुलुककै पुराना शैक्षिक केन्द्रहरूमा पर्ने विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहमा उपस्थित भएर तपाईंहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ । हीरक जयन्तीको यस अवसरमा म विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक, विद्यार्थी लगायत समस्त विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । सक्षम‚ इमान्दार एवं अनुशासित जनशक्ति उत्पादन गरी राष्ट्रको समग्र Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक फिर्ता

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ । २०७९ साल साउन २९ गते आइतबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कृष्णकुमार पाण्डेद्वारा लिखित ऐतिहासिक उपन्यास ‘डिभाइन ह्यान्ड्स्: अरनिको मोर देन अ गेष्ट अफ एन्सिएन्ट चाइना’ कृति समर्पण   समारोहमा गर्नु भएको सम्बोधन

आज सार्वजनिक भएको कृतिका लेखक श्री कृष्णकुमार पाण्डे, ललितपुर महानगरका मेयर श्री चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधान सेनापति‚ राष्ट्रसेवकहरू‚ उपस्थित भद्र महिला तथा सज्जनवृन्द ! सर्वप्रथम राष्ट्रपति कार्यालयमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु । आज हामीले एउटा महत्वपूर्ण ऐतिहासिक तथा साहित्यिक कृति प्राप्त गरेका छौं । विविध विषयका आठवटा पुस्तकहरू अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशन गरिसक्नुभएका लेखक कृष्णकुमार पाण्डेले राष्ट्रिय विभूति कलाकार अरनिकोलाई केन्द्रमा राखेर अङ्ग्रेजी भाषाका पाठकहरूसमक्ष नयाँ कृति प्रस्तुत गर्नुभएकोमा म लेखकलाई हार्दिक बधाई दिन चाहन्छु । यस ऐतिहासिक उपन्यासको माध्यमबाट ७०० वर्ष अघि तिब्बतको शाक्य गुम्बाभित्र अरनिकोद्वारा निर्मित स्वर्णिम चैत्य तथा चीनमा त्यसबखत तातु भनेर चिनिने हालको Read More …

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू रक्षाबन्धनका अवसरमा आयोजित विविध कार्यक्रमहरूमा सरिक

श्रावण २७ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज राष्ट्रपति भवन‚ महाराजगञ्जमा आयोजित विविध कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो । महत्वपूर्ण सांस्कृतिक पर्वको उक्त अवसरमा राष्ट्रपतिले वैदिक विधिअनुरूप पं. खेमचन्द्र ढकालबाट रक्षा बन्धन ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित अर्को कार्यक्रममा  सम्माननीय राष्ट्रपतिज्यूले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद समेत ग्रहण गर्नुभएको छ । श्रावणीकर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहे बमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको Read More …

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) लाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   २०७९ साल साउन १८ गते बुधबार (सागर आचार्य) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/४/१८ २०७९ साल साउन १८ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Mr. Pertti Anttinen ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र फिनल्याण्ड बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल साउन १८ गते बुधबार (सागर आचार्य) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।   २०७९ साल साउन १५ गते आइतबार (सागर आचार्य) प्रवक्ता  

मन्त्री पदमा नियुक्त गरी कार्यभार तोक्नु भएको

  विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन  शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी  नियुक्ति एवं कार्यभार तोक्नु भएको छ । २०७९ साल साउन १५ गते आइतबार (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   २०७९ साल साउन १५ गते आइतबार (सागर आचार्य) प्रवक्ता