सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाली क्रिकेट टोलीलाई दिनुभएको बधाई सन्देश

बधाई सन्देश

कीर्तिपुरस्थित खेल मैदानमा आज सम्पन्न भएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई हराउँदै नेपाली क्रिकेट टोलीले विजय हासिल गरी एसिया कपमा छनौट भएकोमा म खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु । भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

२०८० वैशाख १९ गते मङ्‌गलबार ।