सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल बैशाख २० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय महामहिम राजदूत Mr. Bhakavat Tanskul, गणतन्त्र कोरियाका आवासीय महामहिम राजदूत Mr. Park Young-Sik, अष्ट्रेलियाका आवासीय महामहिम राजदूत Mr. Peter Graeme Budd र हंगेरीका गैरआवासीय महामहिम राजदूत Mr. Gyula Petho ले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता