सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अमेरिकी Democratic Leader and Former Speaker of the House of Representatives Nancy Pelosi को नेतृत्वमा आएको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अमेरिकी Democratic Leader and Former Speaker of the House of  Representatives Nancy Pelosi को नेतृत्वमा आएको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भएको थियो ।

 

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता