सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाई भेट

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन  राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले विदाई भेट गर्नुभयो । सो अवसरमा जनवादी गणतन्त्र चीन  र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा  नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा जनवादी गणतन्त्र चीनको काठमाडौस्थित राजदूतावासका अधिकारीहरुको समेत  उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता