सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić बाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २३ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र गणतन्त्र सर्वियाका First Deputy Prime Minister and Minister of Foreign Affairs, H.E. Mr. Ivica Dačić ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा सर्विया सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालका लागि गणतन्त्र सर्वियाका गैरआवासीय महामहिम राजदूत समेतको उपस्थिति थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता