सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan बाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २१ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र थाईल्याण्डबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र  थाईसेनाबीच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता