सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगद्वारा राष्ट्रपति पदमा निर्वाचित हुनु भएको प्रमाणपत्र पेश

आज मिति २०७४ साल फागुन २९ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा ६२ बमोजिम राष्ट्रपतिको निर्वाचनमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको प्रमाणपत्र सहित बधाई दिनु भयो । उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(हरिप्रसाद दवाडी)

प्रवक्ता