सम्माननीय राष्ट्रपतिज्यूसमक्ष विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट

आज मिति २०७४ साल असोज ३० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति श्री शेरवहादुर देउवाज्यू, नेकपा (एमाले) का अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यू, नेकपा माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, राप्रपाका अध्यक्ष तथा माननीय उपप्रधानमन्त्री श्री कमल थापाज्यू, माननीय उपप्रधानमन्त्री श्री विजयकुमार गच्छदारज्यू, पूर्वप्रधानमन्त्रीहरु लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले आसन्न शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्षमा शुभकामना दिनुहुँदै राष्ट्रिय एकताबाट मुलुकका जल्दावल्दा समस्याहरु समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने र आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सबै पार्टी, सरकार मिलेर स्वच्छ निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता