सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

विज्ञप्ति

आज मिति २०७४ साल असोज ३० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम
१. मुलुकी देवानी (संहिता) विधेयक, २०७४
२. मुलुकी देवानी कार्यविधि (संहिता) विधेयक, २०७४
३. मुलुकी अपराध (संहिता) विधेयक, २०७४
४. मुलुकी फौजदारी कार्यविधि (संहिता) विधेयक, २०७४
५. फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४
६. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७४
७. भाषा आयोग विधेयक, २०७४

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता