सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संवैधानिक निकायका पदाधिकारीहरुबाट भेट

आज मिति २०७४ साल असोज ३१ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संवैधानिक निकायका पदाधिकारीहरुबाट भेट भयो । उक्त भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माननीय श्री दीप वस्न्यात, महालेखापरीक्षक माननीय श्री टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त माननीय डा. अयोधीप्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय श्री अनुपराज शर्मा, महान्यायाधिवक्ता माननीय श्री वसन्तराम भण्डारी लगायत संवैधानिक निकायका पदाधिकारीहरु एवम् सचिवहरु समेतको उपस्थिति थियो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले आसन्न शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिनुभयो ।

 

(केशव प्रसाद घिमिरे)

उपसचिव