सम्माननीय राष्ट्रपतिज्यूसमक्ष विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट

आज मिति २०७४ साल जेठ १७ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाज्यू, विपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीज्यू, राप्रपाका अध्यक्ष कमल थापाज्यू तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् माननीय उपप्रधानमन्त्री विजयकुमार गच्छदारज्यू, राजपाका नेता राजेन्द्र महतोज्यू लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट भयो । भेटका क्रममा राजनीतिक सहमतिका आधारमा सहमतीय सरकार  गठनको विषयमा छलफल भएको थियो ।

 

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता