सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

आज मिति २०७४ साल जेठ १४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा दशौं गणतन्त्र दिवस, २०७४ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ७५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता