सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १६ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूत Mr. Wu Chuntai ले बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध लगायतका बिषयमा कुराकानी भयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले गतवर्षको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माण कार्यमा चीन सरकारबाट प्राप्त सहयोगको लागि चीन सरकार तथा जनतालाई धन्यवाद दिनुहुँदै महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको सराहनीय भूमिकाप्रति महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो ।

(केशव प्रसाद घिमिरे)

उपसचिव