सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट लिखित राजीनामा पेश

आज मिति २०७४ साल जेठ १० गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने र वर्तमान मन्त्रिपरिषद्‌द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूद्वारा सम्माननीय प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

(मोहन प्रसाद वाग्ले)

प्रवक्ता