सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद्को गठनको लागि राजनीतिक दलहरुलाई आह्वान

आज मिति २०७४ साल जेठ ११ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्‌को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।

(मोहन प्रसाद वाग्ले)

प्रवक्ता