राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल माघ २१ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा  नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता