भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त समारोहमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री धनबहादुर बुढाज्यू लगायत उच्च सरकारी पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

   (हरि प्रसाद दाहाल)

  प्रवक्ता