सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७७ साल फागुन ३ गते, सोमबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
1. इस्लामिक गणतन्त्र पाकिस्तान H.E. Mr. SYED HAIDER SHAH आवासीय
2. अष्‍ट्रेलिया H.E. Ms. FELICITY JANE VOLK आवासीय

(जगन्‍नाथ पन्त)

प्रवक्ता