सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक ५ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट हालै मित्रराष्ट्र भारतमा भएको BRICS-BIMSTEC Leaders’ Outreach Summit भ्रमणमा भएको उपलब्धिहरुका बारेमा अवगत गराउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले भ्रमण सफल भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई बधाइ तथा धन्यवाद व्यक्त गर्नुहुँदै भएका उपलब्धिलाई यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने कुरामा जोड दिनुभयो । उक्त भेटमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता