उधौली पर्व, २०७६को शुभकामना सन्देश
किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको छ । उधौली जस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । यस प्रकारका चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलार्इ सुमधुर बनाउन सहयोग गरेका छन् ।
अन्तमा, प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिबृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद !
मिति २०७६ मङ्सिर २६ गते, बिहिबार ।
![](https://president.gov.np/wp-content/uploads/2019/12/002-2-744x1024.jpg)