३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश
संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । अपाङ्गता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको प्रवर्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनले मात्र अपाङ्गता भएका व्यक्तिको जीवन स्तर र जीवन यापनमा सुधार हुन सक्छ । अपाङ्गता अधिकारको सम्बन्धमा हाल भएका संवैधानिक र कानूनी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनमा अझै प्राथमिकता र ध्यान पुगिरहेको छैन ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा “United in action to rescue and achieve the SDGs for, with and by persons with disabilities” र राष्ट्रिय नारा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता” रहेको छ ।
यस वर्षका अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसंघको प्रतिबद्धतालाई बलियो बनाएको छ भने नेपालले यो ऐक्यवद्धता र प्रतिवद्धतालाई आत्मसात गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनु पर्नेछ ।
जय नेपाल !
२०८० मंसिर १७ गते आइतबार ।