विजया दशमी,२०८० को शुभकामना सन्देश
नेपालीहरूको महान् चाड विजया दशमी, २०८० को शुभ अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु। अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याऊन् साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु।
जय नेपाल।
२०८० कात्तिक ७ गते मङ्गलबार।