सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलखर्क-५, संखुवासभा निवासी श्री लक्की शेर्पालाई अष्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता