आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र जापानका प्रतिनिधिसभाका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्य Hon. Mr. Kotaro Nagasaki र नेपालका लागि जापानका महामिहम राजदूत Mr. Masashi OGAWA समेतको टोलिबाट शिष्टाचार भेट भयो । उक्त भेटमा नेपाल-जापानबीचको सुमधुर कुटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्ष पुगेको सुखद् अवसरमा दुई देशबीचको निकट साँस्कृतिक र जनस्तर देखिको सम्बन्ध र आपसी सहयोगलाई थप सुदृढ बनाउँदै जानुपर्ने लगायतका बिषयमा कुराकानी भयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन नेपाल-जापान संसदीय मैत्री समूह र महामहिम राजदूतबाट भएको योगदानको प्रशंसा गर्दै धन्यवाद समेत दिनुभयो ।
(ध्रुवराज आचार्य)
सहायक प्रवक्ता