सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल चैत्र ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई चेक गणतन्त्र, पोल्याण्ड र स्लोभाक गणतन्त्रका लागि,  जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा कार्यरत श्री लीलामणि पौड्याललाई गणतन्त्र मंगोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत पदमा कार्यरत डा. दुर्गाबहादुर सुबेदीलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता