आज मिति २०७३ साल माघ २८ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
सि.नं. | विवरण |
१. | निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३ |
२. | स्थानीय तह निर्वाचन विधेयक, २०७३ |
(प्रल्हाद प्रसाद पुडासैनी)
सहायक प्रवक्ता