सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति गरी कार्यभार समेत तोक्नु भएको छ ।
क्र.सं. | नाम, थर | पदनाम | कार्यविभाजन |
1. | श्री टोपबहादुर रायमाझी | मन्त्री | ऊर्जा, जलस्रोत तथा सिँचाई |
2. | श्री लेखराज भट्ट | मन्त्री | उद्योग, वाणिज्य तथा आपूर्ति |
3. | श्री प्रभु साह | मन्त्री | सहरी विकास |
4. | श्री गौरीशंकर चौधरी | मन्त्री | श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
(रूपनारायण भट्टराई)
प्रवक्ता