सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्री नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति गरी कार्यभार समेत तोक्नु भएको छ ।

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
1.               श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
2.               श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
3.               श्री प्रभु साह मन्त्री सहरी विकास
4.              श्री गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

(रूपनारायण भट्टराई)

प्रवक्ता