सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्‍न महानुभावहरूलाई मानपदवीबाट विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस (राष्ट्रिय दिवस), २०७६ को अवसरमा घोषणा भएको मानपदवी, अलंकार र पदकहरू मध्ये आज मिति २०७७ साल चैत २७ गते शुक्रबारका दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच विभिन्‍न महानुभावहरूलाई विभिन्‍न मानपदवीबाट विभूषित गर्नु भएको छ ।

(रूपनारायण भट्टराई)

प्रवक्ता