सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष“ मा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
मिति २०७७ कात्तिक ५ गते, बुधबार
(हरि प्रसाद दहाल)
प्रवक्ता