सम्माननीय राष्ट्रपतिज्यूसमक्ष इजरायलका नोवेल पुरस्कार विजेताको नेतृत्वको टोलिबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र इजरायलका नोवेल पुरस्कार विजेता Prof. Dan Shechtman (Chemistry, 2011, discovery of Quasiperiodic Crystal) को नेतृत्वको  इजरायल, जापान, फ्रान्स र संयुक्त अधिराज्यका बैज्ञानिकहरुका साथै Prof. Dan Shechtman की श्रीमती तथा मनोविज्ञान एवम् शिक्षाका प्राध्यापिका Mrs. Aippora Shechtman समेत रहेको टोलिबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा  नेपाल र इजरायलबीचको घनिष्ट कूटनीतिक सम्बन्ध तथा दुई देशबीच शैक्षिक, प्राविधिक, आर्थिक, सामाजिक आदि विकासका क्षेत्रमा हुनसक्ने सहयोगका सम्भावना एवम् आपसी सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने लगायतका विषयमा कुराकानी भयो । उक्त अवसरमा नेपालका लागि इजरायलका महामहिम राजदूत Mr. Yaron Meyer ले इजरायलका महामहिम राष्ट्रपति Mr. Reuven (Ruvi) Rivlin ज्यूले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७३ का अवसरमा  नेपाल र नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना सहित पठाउनु भएको शुभकामना सन्देश सम्माननीय राष्ट्रपतिज्यूसमक्ष हस्तान्तरण गर्नुभयो ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता