सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माल्दिभ्सका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र माल्दिभ्सका महामहिम राजदूत Mr. Ahmed Saleem ले शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा दुई देशबीच  रहिआएको सुमधुर कूटनीतिक सम्बन्ध, पर्यटन विकास, वातावरण संरक्षण, जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सामना गर्ने कार्यजस्ता विषयमा हुनसक्ने आपसी सहयोगको सम्भावना तथा सार्क सदस्यराष्ट्र एवम् अन्तर्राष्ट्रिय संघसंस्थामा निकट सहयोगी राष्ट्रका रुपमा दुई देशबीचको आपसी सम्बन्धलाई निरन्तरता दिने लगायतका विषयमा कुराकानी भयो । उक्त अवसरमा महामहिम राजदूतले माल्दिभ्सका महामहिम राष्ट्रपति Mr. Abdulla Yameen ज्यूले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७३ का अवसरमा  नेपाल र नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना सहित पठाउनु भएको शुभकामना सन्देश सम्माननीय राष्ट्रपतिज्यूसमक्ष हस्तान्तरण गर्नुभयो ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता