सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

   (हरि प्रसाद दाहाल)

  प्रवक्ता