आज मिति २०७६ साल मङ्सिर १८ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
१ | संयुक्त अधिराज्य | H.E. Ms. Nicola Kathryn Pollitt | आवासीय |
२ | गणतन्त्र लेबनान | H.E. Mr. Rabie Narsh | गैरआवासीय |
३ | गणतन्त्र इस्टोनिया | H.E. Ms. Katrin Kivi | गैरआवासीय |
४ | गणतन्त्र इराक | H.E. Dr. Falah Abdulhasan Abdulsada | गैरआवासीय |
(हरि प्रसाद दाहाल)
प्रवक्ता