सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मंगोलियाका परराष्ट्र मन्त्रीज्यूको नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल पुस ४ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका मंगोलियाका परराष्ट्र मन्त्री H.E. Mr. Tsend Munkh-Orgil को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा नेपाल र मंगोलियाबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता