सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल भदौ ३ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालको आवासीय राजदूत श्री उदयराज पाण्डेलाई गणतन्त्र इन्डोनेसियाका लागि र कुवेतका लागि  नेपालको आवासीय राजदूत श्री दुर्गाप्रसाद भण्डारीलाई इराकका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

 सहायक प्रवक्ता

(केशवप्रसाद घिमिरे)