सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल फागुन ६ गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री उदयराज पाण्डे, कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री दीपक अधिकारीले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता