आज मिति २०७५ साल भाद्र २८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्र मन्त्रीज्यूलागयत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/ गैरआवासीय |
1. | फिनल्याण्ड | H.E. Mr. Pertti Juhani Anttinen | आवासीय |
2. | फ्रान्स | H.E. Mr. Francois-Xavier LEGER | आवासीय |
3. | अस्ट्रिया | H.E. Ms. Brigitte Öppinger-Walchshofer | गैरआवासीय |
4. | स्पेन | H.E. Mr. Jose Ramon Baranano Fernandez | गैरआवासीय |
(छविन्द्र पराजुली)
प्रवक्ता