आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
1. | जापान | H.E. Mr. Masamichi Saigo | आवासीय |
2. | टुनिसिया | H.E. Mr. Nejmeddine Lakhal | गैरआवासीय |
3. | डेनमार्क | H.E. Mr. Peter Taksøe-Jensen | गैरआवासीय |
4. | भेनेजुएला | H.E. Mr. Augusto Montiel | गैरआवासीय |
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता